एजेन्सी, असार ९,
सिएनएन । इन्डोनेसियाको तानिम्बार टापुमा सोमबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो ।
त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत भूकम्पको कम्पन महसुस गरेका थिए ।भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ । सोमबार मात्र पपुपा टापु रहेको क्षेत्रमा ९ वटा भूकम्पका झट्का महसुस गरिएको थियो ।
आजको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार विश्वका ९० प्रतिशत भूकम्प यो क्षेत्रमा जाने गर्छ ।