पहिलो सेल्फी तस्विर: सन् १८३९ अक्टोबर खिचिएको थियो

145
http://hdl.loc.gov/loc.pnp/ppmsca.40464

असार ७,
एजेन्सी । आजकल ‘सेल्फी’ हाम्रो जनजीवनको हिस्सा भइसकेको छ । ‘सेल्फी’प्रतिको आशक्ति कति उच्च छ भने मानिस आफ्नो फोटो आफै खिच्नको लागि सामान्य चेतनासमेत गुमाएर ज्यान जोखिममा पार्ने काम गर्न पर्दैनन् । त्यही कारण वर्षमा कयैन घटना घट्न थालेको छ, जहाँ सेल्फी खिच्ने क्रममा मानिसको ज्यान गएका छन् । खुसीको सानो क्षणको लागि मानिस के के गर्न तयार हुँदैनन् ?

‘सेल्फी’को शब्द सन् २०१३ मा अक्सफोर्ड डिक्सनेरीमा समावेश मात्र भएन त्यो वर्षको ‘वर्ष शब्द’ घोषित भयो । नाम नयाँ भए पनि सेल्फीको इतिहास लामो देखिएको छ ।
यही दिनको सम्झनामा हिजो अर्थात जुन २१ मा अमेरिकामा ‘सेल्फी दिवस’ मनाइन्छ ।वर्तमान सस्कृतिको हिस्सा भइसकेको ‘सेल्फी’ पहिलो पटक कहिले खिचिएको थियो ?यसबारे अनुसन्धान समेत भएको छ । अनुसन्धानबाट विश्वको पहिलो सेल्फी अमेरिकाको फिलाडेल्फियामा खिचिएको पाइएको छ । फिलाडेल्फिया निवासी रोबर्ट कोर्निलिअसले सन् १८३९ अक्टोबरमा यो तस्विर खिचेका थिए । उनले सो तस्विर आफ्नो परिवारको घरपछाडि रहेको सामाना भण्डार कक्षमा खिचेका थिए ।

लाईब्रेरी अफ कंग्रेसका अनुसार फोटोग्राफि प्रेमी कोर्निलिअसले उक्त तस्विर खिच्नुको कारण दुई महिना अघि मात्र आविष्कार भएको फोटोग्राफी विधि ‘डगेरईअटाइपी’को परिक्षण गर्नु थियो । तर उनको उक्त परिक्षण इतिहासमा दर्ज हुन पुगेको छ ।

तस्विर खिच्नको लागि लागि उनले एउटा ठूलो बक्स क्यामेरा ठिक पारे र क्यामेरा अघि लामो समय उभिए । ती दिन क्यामेरामा प्रकास एक्पोजर हुन तीन देखि १५ दिन लाग्थ्यो । लाइब्रेरी अफ कंग्रेसका अनुसार कोर्निलिअसले क्यामेरामा ओपेरा ग्लासको एक जोडि लगाएका थिए । आज समान्यतया सेल्फी भन्नाले स्मार्टफोनबाट खिचेर समाजिक संजालमा शेयर गरिने फोटो बुझिन्छ । तर ती दिन प्रचलनमा रहेको विशाल क्यामेरालाई उठाउन सम्भव हुन्थेन । त्यसैले कोर्निलिअस पनि क्यामेर अघि उभिएका थिए । अझ समाजिक संजाल भन्ने कुरा कल्पनासमेत नभएको समयमा उनले त्यसलाई परिचितमाझ सेयर गर्न सक्ने त परको कुरा सोचेका पनि थिएन होला ।

तर उक्त फोटो उनले कसैको सहयोग बिना आफैले लिएका थिए । त्यही आधारमा गिनिज वल्र्ड रेकर्डमा उनको नाम पहिलो सेल्फी खिच्ने व्यक्तिको रुपमा लिपिबद्ध छ । साथै अमेरिकाको ‘लाइब्रेरी अफ कंग्रेस’ले पनि त्यसलाई मान्यता दिएका छ ।