बाबुरामले प्रधानमन्त्रीलाई भने ‘ज्वाइँ सर्तक हुनुस्, ससुरालीले अगुल्टा उचाले’

110

असार ६,
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदायल, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराइले माइतीघर मण्डलाको प्रदर्शनको स।केत बुझेर मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्न आग्रह गरे । यो विधेयक संविधान विपरित भएको उनको दाबी छ ।