असार ५,
काठमाडौं । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेर ३५ जना घाइते भएकोमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लाको बान्जार क्षेत्रमा रहेको पहाडी क्षेत्रमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थल बन्जार हिमाञ्चल प्रदेशको राजधानी शिमालदेखि झण्डै १६८ किलोमिटर टाढा पर्दछ । सडकबाट झण्डै ५०० मिटर तल खसेर बस दुर्घटना भएको हो ।














