जो बाइडनको ह्वाइट हाउस यात्रा सुरु

285

कार्तिक २३,
काठमाडौं । महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका जो बाइडनले अब राष्ट्रपतिको कुर्सीमा औपचारिकरुपमा बस्न जनवरीसम्म कुर्नुपर्नेछ । आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।bअमेरिकाको इतिहासमा बाइडनले सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति हुने रेकर्ड बनाएका छन् । उनी दुई सातापछि ७८ वर्ष पुग्दैछन् । चार वर्षे कार्यकाल पूरा गर्दा उनी ८२ वर्ष पुगिसकेका हुनेछन् । यसअघि वृद्ध उमेरको राष्ट्रपतिको रेकर्ड डोनाल्ड ट्रम्पले बनाएका थिए । तर, बाइडनले ट्रम्पको राजनीतिक महत्वाकांक्षालाई मात्रै पराजित गरेनन्, उमेर हदको रेकर्ड पनि तोडिदिए । ट्रम्पभन्दा बाइडन ४ वर्ष जेठा हुन् । सन् २०१६ राष्ट्रपति बन्दा ट्रम्प ७० वर्ष पूरा भएका थिए । उनी अहिले ७४ वर्ष पुगेका छन् ।