असार ५,
काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी व्यस्त नायिका हुन् । टन्नै फ्यान फलोइङ भएकी साम्राज्ञीको शीर्ष भूमिका रहने ‘मारुनी’ रिलिजको क्रममा छ । फिल्मको शूटिङ सेटबाट पनि साम्राज्ञीले आफ्ना तस्वीरहरु शेयर गरिरहन्थिन् । यतिबेला भने साम्राज्ञीले इन्स्टाग्राममा एउटा तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन् – बेबी फेस । यो तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । साथै साम्राज्ञीलाई साह्रै सुन्दर देखिएको प्रतिक्रिया दिएका छन् ।

साम्राज्ञीले शेयर गरेको तस्वीरमा भने स्न्यापच्याट फिल्टर प्रयोग गरेर आफ्नो वर्तमान अनुहारलाई नै ‘बेबी फेस’ बनाएकी हुन् । ‘सुपर क्युट देखिनुभयो,’ एक फ्यानले लेखेका छन् । अर्का एक फ्यानले भने प्रश्न सोध्दै लेखेका छन्, ‘कस्तो पाराको पोज हो यो
अव उनलाई भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र‘मारुनी’ देख्न पाईने छ ।













