किन छाडे ‘ब्रह्मास्त्र’को सुटिङ अधुरै रणबीर र आलियाले ?

203

एजेन्सी, असार ४,
काठमाडौँ । बलिउड अभिनेता रणबीर कपूर र आलिया भट्ट वाराणसीमा छायांकन भईरहेको फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ बीचमै छोडेर मुम्बई फर्केका छन् । यो फिल्मको छायांकन वाराणसीमा अझै तीन दिन बाँकी थियो । तर उनीहरु फिल्मको छायांकन नसकिदै मुम्बई फर्किएका छन् ।

भारतिय मिडियाका अनुसार, आलियाको स्वास्थ्य खराब हुदाँ एक गीतको छायांकन बाँकी राखेर मुम्बई फर्किएका हुन् । आलिया स्वास्थ्य खराब भएपछि सुटिङलाई निरन्तरता दिन चाहन्थिन् तर निर्देशक आयान मुखर्जीले सुटिङ स्थगित गर्ने निणर्य गरे । अब निर्माण टिमले ब्रह्मास्त्रको सुटिङ नोभेम्बरमा वाराणसी गएर पूरा गर्ने छन् । आलिया स्वास्थ्य स्थिति ठिक भएपछि मात्र सुटिङमा फर्कने छिन् ।

यो फिल्ममा आलिया र रणबीरसँगै अभिताभ बच्चनको मुख्य भूमिका रहेको छ । यो फिल्ममा आलिया र रणबीर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । यो फिल्मले २५ डिसेम्बरको लागि रिलिज डेट तय थियो । तर, सलमान खानको ‘दबंग ३’ पनि डिसेम्बरमा नै रिलिज हुने भएपछि ‘ब्रह्मास्त्र’को रिलिज डेटमा फेरबदल गरिने छ ।