कविताः रजस्वलाको पीडा

227

आर्चाय पवित्र,
-जब प्रकृतिले
मलाई म बनाउँदै गर्दा
यो समाजले मलाई
नछुने भई भनेर अलग राख्यो
शरीर सिथिल छ
उठ्नै मन छैन
पिडा सँगै मुख सुकेको छ
पानी पिउन मन छ
उठ्ने जागर छैन
आमाले बिहान
ल्याईदिएको
पानिको कचौरा
घस्रदै पुग्न खोजे
पुरै शरीर काप्दै थियो
हातले समाउन सकेन पोखियो
पुरै बिस्तारा भिज्यो ।

भिज्न लाई के बाँकी थियो र ,
तीन दिन भयो रक्तपातले
पुरै कपडा बर्खे कच्ची सडक झैं भएको छ ।
पीडा खप्न नसकेर ,
आँखाबाट आँसुको भेल ले
गाला भिजिरहेका छन् ।
दुखाईको पिडाले
यो अनुहार सबै छोपेको छ !
पीडा मुटुमा अझ गहिरो-गहिरो छ।

मैले हात समाएर स्कुल लगेका
मेरा भाईका हातहरु ले
मेरा लागि पानी दिन हुदैन रे
उसले मलाई छुन हुदैन रे
समाजले मलाई नछुने भएकी हो भनेको छ ।

बाको टाउको दुख्दा
म अौषधी लगाउँदै मालिस गर्थे
तर
म पिडाले छटपटिदै गर्दा
मेरो पेट दुख्दा म तड्पिदा
मेरा बाले मलाई छुन हुँदैन रे
म म छटपटीदै लडेको ठाउँ
आउनु हुँदैन रे
मलाई यो समाजले नछुने भएकी हो भनेको छ ।

अब त अत्ति भयो
सहन सक्दिन
आमा मलाई जवाफ चाहिन्छ ।
मलाई पिडाको बेला झन
किन पराई बनाईन्छरु
पाप भए सजाए दियोस
म एकै पटक भोग्छु
तर
म पटक पटक छटपटिले
बाच्न सक्दिन ।
सधै म रुदैगर्दा पुछिदिने
बाको हात चाहिन्छ आमा मलाई यो बेला
म नबोलेरै बुझ्ने भाईको साथ चाहिन्छ ।
के यो समाज उसले भनेको नछुने
साँच्चै यि सबै मान्छे हरु
नछुने नभइ महिला ले जन्माएका हरुको हो ? 
हैन भने रजस्वला कसरी नछुने भयोर ?
अनि यी मान्छे कसरी जन्मिए ? 
आमा जवाफ यी मान्छे हरु सँग छ ?