Sunday, September 20, 2026
Home स्वास्थ्य बालबालिकामा हुने दृष्टि दोषका लक्षण र उपचार

बालबालिकामा हुने दृष्टि दोषका लक्षण र उपचार

277

असार २,
काठमाडौँ । आँखाले देखेको वस्तुको आकृति आँखाको भित्र रेटिनामा बन्दछ। आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्टाउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ। बालबालिकामा यो समस्या भएमा उनीहरुले टाढा, नजिक अथा दुवै राम्ररी देख्न सक्दैनन्।

लक्षण

पढ्न नसक्नु
धमिलो देख्नु
टाढा वा नजिकको वस्तु राम्ररी नदेख्नु
टाउको दुख्नु
आँखा डेढो हुनु

उपचार 

समयमा नै गरिएको दृष्दिदोषको उपचारले सम्भावित आँखाको अल्छीपना तथा अन्धोपन हुनबाट बचाउँछ। त्यसकारण नजिकैको आँखा केन्द्र वा आँखा असपतालमा गएर आँखाको उपचार गराउनु पर्छ। आँखाको जाँच गराई चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्नुपर्छ।

दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६÷६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्छ। यदि समयमा उपचार नभए बच्चाको आँखाको दृष्टि विकास राम्ररी हुनपाउँदैन। फलस्वरुप पछि गएर सदाका बालबालिकालाई दृष्टिविहिन बनाउन सक्छ।

स्रोत: तिलगंगा आँखा प्रतिष्ठान