Wednesday, October 14, 2026
Home समाज २४ घण्टामा थप ६२३ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप ६२३ जनामा कोरोना पुष्टि

41

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९९० जनाले ज्यान गुमाएका छन्।

शुक्रबार ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर १ हजार ६२१ पीसीआर तथा ३ हजार ३२४ एन्टिजेन परीक्षण भएको छ।