भक्तपुरमा शनिबार किन लाग्यो यस्तो नारा ? (तस्बिरमा हेरौैं )

281

जेठ ३२,
भक्तपुर । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा भक्तपुर विरोध ¥याली निस्किएको छ । शनिबार दिउँस दुधपाटीबाट सुरु भएको विरोध ¥याली बंशगोपाल, टौमडी, सुकुलढोका हुदैं दतात्रयमा पुगेर कोण सभामा परिणत भएको थियो । गुठी संरक्षण समिति भक्तपुरद्धारा आयोजित उक्त कार्यक्रममा प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, सम्पाद हाम्रो प्राण हो, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए । विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गरि ठेकेदार प्रथालाई कायम गर्न सरकारले गुठी विधेयक ल्याईएको भन्दै उनीहरुले नाराबाजी समेत गरे । सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।

गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दै आएका छन् । उनीहरु विरोधका कार्यक्रमलाई सरकारले सामान्य मानेर अगाडी बढेमा यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

तस्बिरमा हेरौैं: