‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल, प्रदीप खड्काको भूमिका कस्तो ?

549
SONY DSC

जेठ ३१,
काठमाडौँ । निर्माता सन्तोष सेनले फिल्म ‘प्रेम गीत ३’मा मुख्य अभिनेताका रुपमा मनिष राउतलाई डेब्यु गराउने जानकारी गराएका छन्। यतिबेला नायिकाका लागि फिल्मको अडिसन चलिरहेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष राउतलाई शीर्ष भूमिकामा अभिनय गराउने निर्माण टिमको घोषणासँगै अभिनेता प्रदीप खड्काको भूमिका कस्तो हुने होला भन्ने धेरैलाई लागेको छ । यद्यपि यो फिल्ममा अभिनेता प्रदीप खड्का पनि रहनेछन् । यसअघि उनी प्रेम गीत र प्रेम गीत २ मा पनि थिए ।

SONY DSC

चलचित्रमा क्षेत्रमा सङ्घर्षरत मनिष राउत अस्कर इन्टरनेशनलमा अभिनय पढिरहेका विद्यार्थी हुन् । उनले यसअघि लघु–चलचित्रमा अभिनय गरिसकेका छन् । फिल्म टिमले मनिषलाई अनुबन्ध गरेको घोषणासँगै केही तस्वीर पनि शेयर गरेको छ । तस्वीरमा उनलाई पात्रअनुसार देख्न सकिन्छ । रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।फिल्म यसै वर्षको चैत २८ लाई रिलिज मिति तय गरेको छ ।