गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयकः सडक सदनमा विरोध

226

सुनील महर्जन (नेपाल समाचारपत्र)
जेठ २८,
काठमाडौं । सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ । विधेयकलाई स्थगन सबै एकजुट भएर अघि बढ्नुपर्दछ’ सोमबार राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रा।डा केदारभक्त माथेमाले भन्नुभयो ।विधेयकमा गुठीको जग्गा भूमाफिया, बिचौलियाले सहजै हडप्न सक्ने प्रावधान राखेको भन्दै विरोधमा सोमबार राजधानीमा मसाल जुलस निस्किएको छ । प्रदर्शनकारीमाथि आइतबार भएको दमनको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा विरोध जनाएको छ ।

राजधानीको इन्द्रचोकमा सोमबार कोणसभापछि मसाल जुलस निस्किएको थियो । सो मसाल जुलसमा विभिन्न गुठियार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।