Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय ८० वर्षकी वृद्ध सासुलाई दैनिक कुट्ने बुहारी भिडियो भाइरल भएपछि पक्राउ (भिडियो...

८० वर्षकी वृद्ध सासुलाई दैनिक कुट्ने बुहारी भिडियो भाइरल भएपछि पक्राउ (भिडियो सहित)

517

एजेन्सी, जेठ २६,
काठमाडौँ । भारतको हरियाणामा महेन्द्रगढ जिल्ला छ । जहाँको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा दुई महिला छन् । खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी । भिडियोमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ ।यो भिडियोलाई वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् ।

भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो । उनका अनुसार यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । उनले हरेक महिना ३० हजार भारु पनि पेन्सन पाउने गरेको पनि बताइन्छ । स्रोतका अनुसार पेन्सनको लोभमा नै उनले सासुलाई कान्छो छोराको घरबाट ल्याएकी थिइन् । महिलाका श्रीमान् पुलिस हुन् त्यसकारण उनीविद्ध कसैले पनि आवाज उठाउने हिम्मत गर्दैनन् । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि यो भिडियोको विषयमा ट्वीट गरेका छन् । उनले लेखे, ‘यो दुःखद र निन्दनीय छ ।  सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।’ वृद्धाको उमेर ८० वर्ष बताइएको छ । पुलिसले महिलालाई पक्राउ गरेर वृद्धाको मेडिकल पनि गराएको जानकारी दिए ।