प्रदूषित पानीको कारण पाँचको मृत्यु

295

काठमाडौं । प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रदूषित पानीकै कारण कम्बोडियाको क्राती प्रान्तमा
अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन् । “शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि विरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,” क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भन्नुभयो । उहाँले ग्रामिण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको बताउनुभयो । प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्नेलगायतका लक्षण देखिने गरेको फिले जानकारी दिनुभयो ।