जेठ २४,
काठमाडौँ । काठमाडौँको अत्तरखेलमा लुटेरा समात्न प्रहरीले गोली चलाएके छ । पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले गाली चलाएर नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
तामाङको खुट्टामा गोली लागेको छ। तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरमा लुटपाट गरी १ लाख ७० हजार लुटेका थिए। २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए। प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ। एसएसपी थापाका अनुसार ‘यो समूह काठमाडौंमा रेमिट्यान्स कम्पनीहरुलाई लक्षित गरेर लुट्ने समूह हो’।