यौन कर्मका लागि मेरो श्रीमानमा उत्तेजनानै आउँदैनः के होला समाधान ? (भिडियो सहित)

686

यौन स्वास्थ्य । नेपाली समाजमा यौन समस्यालाई दबाएर राख्ने चलन छ । यो आफैंमा गलत कुरा भएको जानकारहरु बताउँछन् । कुनै पनि व्यक्तिको भविष्यसँग जोडिएको यस्ता विषयहरुमा मानिसहरुले खुलेर कुरा गर्न आवश्यक हुन्छ । अझ दम्पतीहरुले त यस्ता कुराहरुको बारेमा जानकारी लिन आवश्यक नैं हुन्छ । दिगो र सुन्दर सम्बन्धका लागि श्रीमान र श्रीमतीका बिचमा यस्ता कुराहरुमा विमेल हुनु हुँदैन । यदी यस्तो समस्याले उग्र रुप लिएमा सम्बन्ध विच्छेदसम्मको अवस्था आउँन सक्छ ।

अहिले नेपालमा यौनका विषयमा किशोरावस्थामा हुने यौन समस्याका बारेमा कुरा गर्नका लागि विभिन्न कार्यक्रमहरु तयार भएका छन् । यस्तै एक आम समस्या र समाधान सहित हामीले एक यौन समस्याको बारेमा कुरा गर्न गइरहेका छौं । नमस्कार म काभ्रेको बनेपाबाट रीता लामा बोल्दैछु । म अहिले २३ वर्षकी भए मेरा श्रीमान २८ वर्षको हुनुभयो । हाम्रो एक सन्तान छ तर मेरो श्रीमानलाई अहिले यौन सम्पर्क गर्न मन लाग्दैन । मलाई इच्छा भएको समयमा पनि उहाँको लिंग उत्तेजित हुँदैन ।

मेरो श्रीमानलाई पहिले यौन उत्तेजना हुन्थ्यो तर अहिले कण्डम लगाउँन थालेपछि उहाँको लिंगमा बिमिराजस्तो देखिएको छ । मैंले पहिले परिवार नियोजन ९इमपलान्ट० गरेकी हुँ तर अहिले हामीलाई अर्को सन्तान चाहिएको छ तर के गर्ने समस्या भयो रु मैले उहाँको लिंग खेलाउने लगायतका सम्पुर्ण कसरत गर्दा पनि उहाँको लिंग उत्तेजित हुँदैन ।

डा. सुबोध कुमार पोखरेलः उहाँले भन्नुभयो उहाँको श्रीमानको लिंगमा बिमिरा जस्तो खटिराहरु देखिएको छ । सबैभन्दा पहिलो कुरा त उहाँले श्रीमतीले इमपलान्ट गरेपछि कण्डम लगाउनु पर्ने आवश्यक्ता थिएन । उहाँले कण्डम प्रयोग गर्दा उहाँको लिंगमा समस्या देखिन आयो जसले गर्दा उहाँलाई मानसिक तनाव भएको हुनुपर्छ । https://www.youtube.com/watch?time_continue=3&v=NsTAU8kLa8g

अर्को पक्ष भनेको उहाँ शाररीक रुपमा कमजोर हुनु भएको पनि हुन सक्छ् । उहाँको पुरुष हार्मोनमा कमि भएको हुन सक्छ । यौनसम्पर्क दुई जना बिचको मानसिक र शाररीक तालमेलमा हुने कुरा हो । मलाई के लाग्छ भने उहाँको श्रीमान मानसिक र शाररीक रुपमा आफुलाई कमजोर महसुस गरिरहनु भएको छ ।