Wednesday, September 23, 2026
Home पत्रपत्रिका ओलीको भ्रमण, दिनभर उडान अस्तव्यस्त, जनतालाई सास्तीः गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै भिआइपी...

ओलीको भ्रमण, दिनभर उडान अस्तव्यस्त, जनतालाई सास्तीः गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै भिआइपी संस्कार

96

नयाँ पत्रिका दैनिक
जेठ १७, काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरूसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो, यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहन्छु ।’

गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यावसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । जोसेफाले बुझाएको राजीनामा राष्ट्रपति ओब्राडोरले स्वीकृत गरिसकेका छन् । राजीनामापत्रमा जोसेफाले राजीनामाको कारण स्पष्ट खुलाउँदै गल्ती स्वीकार गरेको राष्ट्रपति आन्ड्रेसले बताएका छन् ।

मेक्सिकोमा पनि वामपन्थी सरकार छ । मेक्सिकनसिटीका पूर्वमेयर ओब्राडोर राष्ट्रपति भएपछि उनले सम्पूर्ण विलासिताका सुविधा बहिष्कार गर्ने घोषणा गरेका थिए । उनले राष्ट्रपतिका लागि सरकारले व्यवस्था गरेको जहाज बेचेर रकम सरकारी ढुकुटीमा जम्मा गर्ने घोषणा गरेका थिए । बोइङ ७८७–८ बेचेर उनले त्यसको सम्पूर्ण आम्दानी गरिब जनताको उत्थानमा प्रयोग गर्ने बताएका थिए । सरकारी विलासिता घटाउने र ढुकुटीमा रकम जम्मा गर्ने प्रयोजनका लागि उनले सरकारसँग भएका ६० जहाज र ७० हेलिकोप्टर पनि उनले बेचेका छन् । उनले आफ्नो पारिश्रमिकको ६० प्रतिशत भाग कटौती गरेका छन् । तर, यहीवेला उनले मजदुरको न्यूनतम पारिश्रमिक १६।२१ प्रतिशतले वृद्धि गरेका छन् ।