Tuesday, October 20, 2026
Home अनौठो २३ हप्तामै स्याउजत्रि छोरी जन्मिए पछि

२३ हप्तामै स्याउजत्रि छोरी जन्मिए पछि

158

एजेन्सी, जेठ १६,
काठमाडौँ । जतिबेला उनले यो धर्ती देखिन्। उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो। सामान्य बच्चा आमाको पेटमा झन्डै ४० साता बस्छन्। तर उनी २३ सातामै बाहिर आइन्। भिडिओ एक्सरेमा गर्भमा रहेको बच्चा नबढेको र यसले आमाको स्वास्थ्यलाई असर पार्ने देखिएपछि अपरेशन गरेर उनलाई बाहिर निकालिएको थियो । गत डिसेम्बरमा उनी जन्मिएपछि डाक्टरले उनका बुवालाई भने- तपाईंकी छोरी जन्मेकी छन्१ तपाईं एक घन्टाका लागिमात्र उनीसँग हुनहुन्छ। त्यसपछि उनी बाँच्ने छैनन्। डाक्टरले भनेको त्यो एक घन्टा बित्यो, दुई घन्टा बित्यो, दिन बित्यो अनि महिना पनि बित्यो।

ती स्याउजत्री छोरीले डाक्टरलाई गलत सावित गरिन् र आफ्ना बाबुआमाको आँखामा हेरिरहिन्। पाँच महिनापछि उनी स्वस्थ्य बच्चा बनेर अस्पतालबाट घर फर्किएकी छन्। आमाबुवाले उनको नाम सार्वजनिक गरेका छैनन्। अस्पतालमा हुँदा स्टाफहरूले उनको नाम सेबाई राखिदिएका थिए। सेबाईको कथा अमेरिकाको सान डिएगोस्थित एक अस्पतालले बुधबार सार्वजनिक गरेको छ। सेबाई अहिले दुई किलोग्रामकी छन्। इओवा विश्वविद्यालयले उनलाई कम तौल भएर बाँच्ने संसारकै पहिलो बच्चा भनेको छ। यसअघि सन् २०१५ मा जर्मनी २ सय ५२ ग्राम तौलको बच्चा जन्मिएको थियो।

अस्पतालले बनाएको भिडियोमा उनकी आमाले सेबाई जन्मेको दिन जिन्दगीकै सबैभन्दा डरलाग्दो दिन भएको बताएकी छन्।‘अपरेशन कक्षमा पुगेपछि पनि मैले उनीहरू ९डाक्टर० लाई भनेकी थिएँ, यो बच्चा २३ साताको मात्रा भयो। ऊ बाँच्दैन होला,’ उनले भनेकी छन्। सेबाई बाँचिन्। उनको तौल पनि विस्तारै बढ्यो। उनको ओछ्यानको छेउमा गुलाबी अक्षरमा लेखिएको थियो- ‘टाइनी बट माइटी’ अर्थात् सानी तर बलियी।

‘ऊ यति सानी थिई कि ओछ्यानमा मुस्किलले देखिन्थी,’ सेबाईको रेखदेख गरेकी नर्स एमा विस्टले भनेकी छन्। सुत्केरी र बच्चाको स्वास्थ्यमा काम गर्ने मार्च अफ डायम्सकी मिसेल क्लिंगलेका अनुसार यस्तामध्ये धेरै बच्चा वर्षदिन कट्दैनन्। तर सेबाईले अहिलेसम्म सबै बाधाहरूलाई छिचोलेकी छन्। ‘उनी पक्कै चामत्कारीक छन्,’ सेबाईको रेखदेख गरेकी अर्की नर्स किम नर्वीले भनेकी छन्।