राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

81

नरजन तामाङ ( नयाँ पत्रिका दैनिक)
जेठ १३, हुुम्ला । देशका ७६ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् । तर, कर्णाली प्रदेशको हुम्ला भने अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न नेपाली सेना यतिवेला रातदिन नभनी सडक निर्माणमा सक्रिय छ । लिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किलोमिटरमध्ये एक सय किमि सडकको ट्र्याक तयार भएको सेनाका प्राविधिक सेनानी ९मेजर० मिलन कार्कीले जानकारी दिए । ‘बाँकी ४५ किमि ट्र्याक तयार गर्ने काममा हामी दिनरात सक्रिय छौँ,’ सेनानी कार्कीले भने ।

६ सय जनशक्ति परिचालन
कर्णाली करिडोर सडक निर्माणका लागि ६ सय जनशक्ति परिचालित छन् । करिब चार सय स्थानीय र दुई सय १० जना सैनिक सडक निर्माणमा सक्रिय छन् । करिडोरअन्तर्गत बाजुराको धुलाचौरसम्म ट्र्याक तयार भएपछि गाडीसमेत गुड्न थालेको कार्कीले बताए । हाल दैनिक पाँच–छवटा गाडी धुलाचौरसम्म चल्न थालेका ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।