Thursday, October 1, 2026
Home समाज नौ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा फेला

नौ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा फेला

102

जेठ ७,
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।