निर्मला हत्या प्रकरणमा अनुसन्धान सुरु

33

धनगढी । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए।

त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत गठन गरिएकाे थियाे। डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ।

२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो।

रगतको नमुना लिएर काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ।