त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु

315
फाइल तस्बिर

जेठ ५, धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।