विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर

116

सुदीप कैनी ( कान्तिपुर दैनिक)
जेठ ५, काठमाडौँ — काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम० को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन् काठमाडौं महानगरपालिकाको वडा ८ को कार्यालय बनाउन शनिबार पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमको जग्गामा डोजर लगाएर खाडल खनी शिलान्यास नै गरेपछि उक्त क्षेत्रमा नियाल्दै विद्यार्थी ।

विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो । पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण गरिएको विद्यालयले जनाएको छ । एक्कासि विद्यालय परिसरमा डोजर लगाएर जग खनियो, विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले भने, मेयर आएर वडा कार्यालय भवन शिलान्यास गर्नुभयो, हामीलाई केहीथाहा छैन ।