Sunday, September 27, 2026
Home राजनीति उद्योगमन्त्री मातृका यादव र कर्मचारी नेताबीच मन्त्रालयमै कुटाकुट !

उद्योगमन्त्री मातृका यादव र कर्मचारी नेताबीच मन्त्रालयमै कुटाकुट !

81

जेठ १,
काठमाडौँ ।नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्। आचार्य मन्त्रालयका उपसचिव हुन्।

बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८/१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहालको अवस्था बनेको थियो। घटना हुँदा मन्त्री यादव पनि कार्यकक्षमै थिए।

भण्डारीलगायत नेता/कार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए।

होहल्ला बढेपछि मन्त्री यादव बाहिर आएर घुस खाएको भए प्रमाण ल्याएर आउन भनेका थिए। उनले नत्र कर्मचारीको सरूवा मन्त्रालयको प्रशासनिक अधिकार भएको बताएका थिए। संघका नेता/कार्यकर्ता मन्त्रीसँग पनि मुखमुखै लागेपछि प्रहरी बोलाएको थियो। केहीबेरमा प्रहरी घटनास्थलमा आउँदा विवाद गर्ने कर्मचारी गइसकेका थिए।