बलिउड नायिका आलिया सगरमाथा चढ्ने

69

एजेन्सी, जेठ १,
काठमाडौं । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन । उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । उक्त अभिनयका लागी उनी सगरमाथा चढ्ने भएकी हुन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् ।

‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताब अहिले नायिका आलिया भट्टले पढिरहेकी पनि छिन् । फिल्मको छायांकन २०२० मा गरिने बताइएको छ ।