शेयर बजारमा दोहोरो अंकको बृद्धि

146

बैशाख ३१,
काठमाडौँ । धितोपत्र बजारको परिसूचक नेप्से आज १४.४५ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से १ हजार ३ सय १५ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.५० अंकले बढेको छ।
आज जम्मा १७० कम्पनीको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर १ अर्व ३ करोड ७२ लाख ५८ हजार ७ सय २९ रुपैयाँमा कारोबार भएको छ।

बैंकिङ १४.१४, हाटेल्स १७.५७, बिकास बैंक ११.६, हाइड्रो पावर २.५९, फाइनान्स २.६९, निर्जिवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, माइक्रो फाइनान्स ९.५, जीवन बीमा ४३.०८, सामूहिक कोष ०.०९ बिन्दुले बढेका छन भने ब्यापार ०.१७ अंकले घटेको छ।

आज सबै भन्दा बढी कारोबार नेपाल बैंक (१० करोड)को भएको छ। आज सबै भन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनीको साधारण तथा संस्थापक शेयर धनी रहे। शिवम सिमेन्ट, भार्गव बिकास बैंक, कृषि बिकास बैंक, कर्पोरेट बिकास बैंक, ओरियन्टल होटल्सका लगानीकर्ता रहे।

सबै भन्दा बढी गुमाउनेमा शूर्योदय लघुवित्त, जोशी हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स बित्तिय संस्था, ग्लोबल आइएमई सम्मुन्त एक, सुमित माइक्रो फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, कालिका लघुवित्त बित्तिय संस्थाका लगानीकर्ता रहे।