सम्झनामा हरिगुरुः सडकको नामाकरण ‘हरिगुरु मार्ग ‘

325
प्रदेश सांसद, स्व हरिशरण लामिछानेको फाइल तस्विर

बैशाख ३१,
भक्तपुर । २०७५ साल बैशाख ३१ गते मस्तिष्काघातका कारण भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्य एवं नेकपा तत्कालिन नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव हरिशरण लामिछानेको निधन भएको थियो । उहाकोँ निधन भएको एक वर्ष पुगेको अवसरमा स्मृति सभा आयोजना गरिएको छ । लामिछोनकै गृहनगर तेलकोटमा नेकपाका नेता तथा रक्षा मन्त्री इश्वर पोखरेलले हरि गुरुको स्मृति दिनमा तेलकोट हुदै नगरकोट जाने बैकल्पिक सडकको नामाकरण हरिगुरु मार्ग गर्नु भएको छ । उक्त सडको लम्बाई करिब ८ किलोमिटर रहेको छ । २०७४ साल मंसिर २१ गतेको प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट एमालेका तर्फबाट निर्वाचित लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिएको थियो । चाँगुनारायण नगरपालिका–६ नगरकोट तेलकोटमा पिता हरिप्रसाद र आमा देवमायाका कोखबाट जन्मनुभएका उहाँले २०३९ सालमा तत्कालीन नेकपा(माले)को भ्रातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । विसं २०४६ को आन्दोलनका क्रममा घाइते हुनुभएका उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो । राजनीतिमा एक आदर्श व्यक्तिका रुपमा परिचित उहाँलाई भक्तपुरमा एमालेले मात्रै नभई अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि एक आदर्श व्यक्तिको रुपमा मान्दै आदरका साथ ‘हरि गुरु’ भनेरै सम्बोधन गर्थे ।