प्रदेश ५ले लुम्बिनी भ्रमण वर्षलाई प्रभावकारी बनाउने

363

बैशाख २७,
बुटवल– प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी भ्रमण वर्षको अवधिमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भौतिक विकास हुने बताउएका छन् । आर्थिक वर्ष २०७६र७७ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको प्रदेश सरकारले आगामी जेठ ४ गते भ्रमण वर्षको औैपचारिक उद्घाटन गर्दैछ । औपचारिक उद्घाटनको तयारीमा लागेको प्रदेश सरकारले शुक्रबार मुल समितिको बैठक बोलाएर तयारीबारे जानकारी तथा सुझाव आदानप्रदान गरेको हो । बैठकमा उठेका जिज्ञासाहरुको उत्तर दिँदै मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष घोषणाले पर्यटक आवागमनमा मात्र वृद्धि नगरेर लुम्बिनीको भौतिक विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘भ्रमण वर्ष अविधिमा लुम्बिनीको सरसफाई, सुरक्षा, बाटोघाटो मर्मत तथा समग्र विकासमा नयाँ कामका थालनी गरिनेछ ।’ लुम्बिनी भ्रमण वर्ष अवधिमा लुम्बिनीसँग सम्बन्धित अन्य ऐतिहासिक तथा धार्मिक पर्यटनका क्षेत्रहरुको पनि प्रचार–प्रसार तथा प्रबद्र्धन हुने उनले विश्वास व्यक्त गरे ।