पार्टी एकताको अन्तिम तयारीमा उपेन्द्र र बाबुराम, सरकार बारे यस्तो धारणा

127

वैशाख २१,
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा। बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा। भट्टराई र केन्ऽीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन्  पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

सरकारबारे मध्यमार्गी लाइन

फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ ।
प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।