Saturday, October 3, 2026
Home पत्रपत्रिका गाँजामा हुरुक्क बन्दै युवा

गाँजामा हुरुक्क बन्दै युवा

104

सन्तोष परियार (नेपाल समाचारपत्र)
बैशाख १९, कहिलेकाही साथीहरुसंग बसेर गा“जा सेवन गर्ने गर्दथ्यो ।कहिलेकाही गा“जा खाने बानीले गर्दा उनी ग“ाजा ओसारपसार गर्र्न सम्म पछि परेनन् । लाकुरीभञ्ज्याङ्ग गा“जा बोकेर आईरह“दा प्रहरीले उनलाई चापाखर्कबाट आईतबार पक्राउ गरेको थियो । पहिलो पटक गा“जा बोकेर आइरहेको बताउने परियारको झोलाबाट १ केजी, २ सय ग्राम गा“जा भेटिएको थियो ।
त्यसको अघिल्लो दिन शनिबार पनि प्रहरीले लाकुरीभञ्ज्याङ्ग बाटै २ केजी, ६ सय ग्राम गा“जा बरामद गरेको थियो । ट्रयाक्सीमा चेकजा“च गर्ने क्रममा ट्रयाक्सीको डिगीबाट सो परिमाणको गा“जा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । ट्रयाक्सीमा गा“जा भेटिएपछि प्रहरीले ट्रयाक्सीमा बसेर आईरहेका प्रजिना खत्री, ३६ वर्षीय पिटर जि।सी र चालक जेनिस मालीलाई पक्राउ गरेको थियो । प्रहरीको अहिलेसम्मको अनुसन्धानले जि। सी गा“जा ओसारपसार गर्ने मुख्य अभियुक्त रहेको छ । घटनामा खत्री र चालक मालीको संलग्नता बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।