नेपाल समाचारपत्र
बैशाख १७, काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो । गत चैत १९ गते राति निगमको दुबई उडान रद्द भएस“गै उड्डयन क्षेत्रको नियम उल्लंघन गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि प्राधिकरणले वैशाख ४ गते ७ दिने अल्टिमेटम दि“दै लामास“ग स्पष्टीकरण सोधेको थियो । क्याप्टेन लामाले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएपछि प्राधिकरणले प्रवक्ताबाट नहटाएसम्म लामाको पाइलटको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो ।
निगमका सहप्रवक्ता नवराज कोइरालाले भन्नुभयो–‘प्राधिकणले क्याप्टेन लामालाई दोहोरो भूमिकाबाट हटाउन पत्र पठाएको थियो । नियामक निकायको पत्रलाई कार्यान्वयन गदै पदमुक्त गरिएको पत्र प्राधिकरण पठाएका छौं।’ लामा प्रवक्ता जिम्मेवारबाट पदमुक्त भएपछि उनको लाइसेन्स निलम्बन फुकुवा भएको प्राधिकरणले जनाएको छ ।