सडकले नास्यो ट्रेकिङ रुट

145

कान्तिपुर दैनिक
वैशाख १६, पोखरा — ट्रेकिङको भर्जिन गन्तव्य क्व्होंलासोथरमा मोटर बाटो पुग्दै छ । गुरुङ जातिको यो आदिम थलोमा संघीय सांसदकै पहलमा डोजर चल्दै छ । सांसद खगराज अधिकारीका भनाइमा अबका केही वर्षभित्रै क्व्होंलासोथरमा मोटर चढेर पर्यटक पुग्नेछन् । मोटर बाटो लैजान स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उनैले ७० लाख रुपैयाँ छुट्याए । कास्कीको मादी गाउँपालिकामा रहेको ताङतिङमाथि मानव बस्ती छैन । पदयात्रा पर्यटनको सम्भावना बोकेको ठाउँमा ट्र्याक खोल्ने कार्यको उनैले शिलान्यास गरे । अन्नपूर्ण क्षेत्रमा मोटर बाटोले ट्रेकिङ रुट मासेको गुनासो बढेपछि वैकल्पिक पदमार्गको खोजी भइरहेको छ ।