Saturday, October 3, 2026
Home ताजा अपडेट मजदुर आन्दोलनले चिया उत्पादन घट्यो

मजदुर आन्दोलनले चिया उत्पादन घट्यो

124

राजेश बर्मा ( अन्नपूर्ण पोष्ट)
बैशाख १६, काठमाडौं । चिया बगानबाट समयमै हरियो पत्तिको पहिलो टिपाइ (फस्ट फ्लस) नहुुँदा यो वर्ष तयारी चिया उत्पादन घटेको छ। सरकारले निर्धारण गरेको न्यूनतम पारि श्रमिक लागू गर्न माग गर्दै चिया मजदुर आन्दोलित भएपछि हरियो चियापत्ति टिपाइ घटेको हो। यस वर्ष तयारी चिया उत्पादन १५ प्रतिशत घटेको छ। तर, उद्योगी भने अझै न्यूनतम पारिश्रमिक दिन तयार छैनन्। श्रम मन्त्रालयले गत साउन १ गतेदेखि लागू हुुने गरी चिया मजदूरको दैनिक न्यूनतम पारि श्रमिक दुुई सय ७८ लाई वद्धि गरी तीन सय ८५ रुपैयाँ तोकेको थियो। दिन नसक्ने भन्दै उद्योगीले अडान लिएपछि झापासहित अन्य स्थानका चिया मजदुुर चैत १७ गतेदेखि यो वर्षको पहिलो टिपाइ वहिष्कार गरी आन्दोलनमा छन्। आन्दोलनका कारण मुुख्य गरी झापाका सम्पूर्ण बगान र प्रशोधन गर्ने उद्योगसमेत प्रभावित भएका छन्।

यो आन्दोलन झापासहित इलाम, पाँचथर र धनकुटामा भइरहेको छ। झापामा फागुुनदेखि र पहाडी जिल्लामा चैत १५ देखि चियाको बोटमा पलाएको पहिलो नयाँ मुुनाको टिपाइ सुुरु हुुन्छ। चिया मजदूरले सरकारले वृद्धि गरेको न्यूनतम पारि श्रमिक निःशर्त पाउनुुपर्ने माग गरेका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुुरेश मित्तलका अनुुसार मजदूर आन्दोलनका कारण यो वर्ष १५ प्रतिशत वा करिब ३० लाख किलो (तीन हजार मेट्रिक टन) तयारी चियाको नोक्सानी भएको छ।