सन्दीपको टिम दिल्लीले बेंग्लोरसँग खेल्दै, सन्दीपको सम्भावना उच्च

94

वैशाख १५,
काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई प्लेअफ पुग्ने मौका मिलेको छ। आईपीएल अन्तर्गत आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको खण्डमा लिगमा शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्ने मौका पाउनेछ।

दिल्लीले घरेलु मैदानमा बैंगलोरसँग नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे खेल्नेछ। फिरोज शाह कोट्ला मैदानमा आठौं जितसहित दिल्ली बैंगलोरलाई पराजित गर्दै प्ले अफ पुग्ने मौका पर्खिरहेको छ। तेस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ। यदि आजको खेलमा दिल्लीले पुछारको टोली रोयल च्यालेन्जर्स बैंलोरलाई हराएको खण्डमा सात वर्षपछि पहिलो पटक प्लेअफ पुग्नेछ।

दिल्लीले पाँच दिनको आरामपछि घरेलु मैदानमा खेल्न लागेको हो१२औं संस्करणमा उपाधिको मुख्य दाबेदार दिल्ली यसपटक नयाँ नाम र नयाँ जर्सीसहित मैदानमा उत्रिएको हो। सोचे अनुसारकै प्रदर्शन जारी राखेको दिल्लीले आजको खेल जित्दै पुनः शीर्ष स्थानमा रहेर प्लेअफ पुग्ने दोस्रो टोली बन्न चाहन्छ। यसअघि शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स १६ अंकसहित प्लेअफ पुग्ने पहिलो टोली भएको छ। यसअघि दिल्ली सन् २०१२ मा पछिल्लो पटक प्लेअफ पुग्ने मौका पाएको थियो। त्यसैले घरेलु मैदानको जितले दिल्लीलाई सात वर्षपछि प्लेअफको यात्रा गराउनेछ।

यता बैंगलोर पनि घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ। साथै प्लेअफमा पुग्ने आफ्नो अंक गणितीय सम्भावना कायम राख्न चाहन्छ। लिगको पुछारमा रहेको बेंग्लोरले ११ खेलमध्ये ७ खेलमा हार ब्यहोरको छ भने चार खेलमा मात्रै जित हात पारेर ८ अंक जोडेको छ।

बैंगलोरविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना छ। सन्दीप घरेलु मैदानमा प्रायः मैदान उत्रदै आएका सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन्। दिल्लीको पिच स्पिनरलाई फलदायी हुने पिच हो। पछिल्लो पटक उनले किंग्स इलाभेन पञ्जाबविरुद्धको खेलमा खेलेका थिए। जुन खेलमा उनले तीन विकेट लिन सफल पनि भए।

पछिल्लो समय बैंलोरको घरेलु मैदानमा उसलाई हराएको दिल्ली उच्च मनोबलसहित मैदान उत्रनेछ। तर दिल्लीले सन् २०११ देखि यता घरेलु मैदानमा बैंलोरलाई हराउन सकेको छैन। सन् २०११ पछि हालसम्म दिल्ली र बैंगलोरबीच कोटला मैदानमा भएका सबै ६ प्रतियोगिता बैलोरले जितेको छ।

तर पछिल्लो समय लयमा रहेको दिल्लीले खराब लयमा रहेको बैंलोरलाई घरेलु मैदानमा हराउनसक्ने आँकलन गरिएको छ। दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलोरबीच इन्डियन प्रीमियर लीगमा अहिलेसम्म २३ खेल भइसकेका छन्। जसमा दिल्लीले ७ खेल जित्दा बाँकी सबै खेल गुमाएको छ।

यता दिल्लीको मैदानमा विस्फोटक ब्याट्मेन विराट कोहली र एबी डीविलियर्सका लागि सहज हुनेछ। ब्याटिङ पिचसमेत रहेको कोटलामा दिल्लीका लागि यी दुई खेलाडी टाउको दुखाइको विषय बन्न सक्छन्। यी दुईले जुनसुकै बेला खेलको गति परिवर्तन गराउन सक्छन्।

तर दिल्लीका अमित मिश्रा र सन्दीप लामिछाने उनीहरूका लागि तगारो हुनेछन्।दिल्लीका लागि नेपाली गुगली ब्वाई सन्दीप लामिछाने तथा अनुभवी खेलाडी अमित मिश्राको लेग स्पिन छिचोल्न बैंलोरलाई हम्मेहम्मे पर्ने देखिएको छ।

हरेक बलमा ब्याट्म्यानलाई अफ्ठेरो पार्नसक्ने यो जोडीबाहेक कगिसो रबाडा जस्ता तिब्र गतिका बलरसमेत दिल्लीमै छन्। रबाडाले जारी लिगमा अहिलेसम्म २३ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन्।दिल्लीको यो मैदान विशेष गरी स्पिनरका लागि उपयोगी पिच हो भने बिष्फोटक ब्याट्मेनका लागि राम्रो हो। छोटो बाउन्ड्री भएकाले यसमा चौका छक्का धेरै हुनसक्छ।

यो हो दिल्लीको सम्भावित ११

शिखर धवन, पृथ्वी शा, श्रेयष ऐयर (क्याप्टेन), ऋषव पन्त, कोलिन इनग्राम, शेरफाने रदरफोर्ड, अक्सर पटेल, अमित मिश्रा, कागिसो रबाडा, ईशान्त शर्मा र सन्दीप लामिछाने।