Wednesday, September 23, 2026
Home ताजा अपडेट अपहरण गरेको आरोपमा चार जना भक्तपुरबाट पक्राउ

अपहरण गरेको आरोपमा चार जना भक्तपुरबाट पक्राउ

328

चैत २६,
भक्तपुर -भक्तपुरबाट युवक अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कपन चुनिखेल बस्ने ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका—९ स्थित ताथली हलल गाँउ डेरा गरी बस्ने झापा दमक नगरपालिका—९ दुधेका २५ वर्षीय सन्तोष लिम्बुलाई सोमबार अपहरण गरेको बताइएको छ ।

धनलाल समेत ४ जनाले बा९च१८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका—९ ब्रम्हायणीमा उक्त गाडी फेला पारी सन्तोषको उद्धार गर्नुका साथै उनीहरुलाई गाडीसहित पक्राउ गरेको हो ।