‘दाल भात तरकारी’मा प्रियंकाको वोल्ड अवतार (भिडियो सहित)

228

वैशाख १३,
काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो गीतको भिडियो चितवनमा खिचिएको हो ।भिडिओ हेर्नुहोस् :

गीतको भिडियोमा नायिका प्रियंका कार्कीको नृत्य हेर्न सकिन्छ । प्रियंकालाई गीतमा बोल्ड देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ । हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रले अमेरिका जानका लागि हुने तछाडमछाडलाई उठान गरेको छ । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । यो चलचित्र वैशाख २० गते देखि देशभर रिलिज हुँदै छ ।