कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल

52

बैशाख ५
काठमाडौँ । एसिया क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार सम्पन्न खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर पुरा ग(यो ।

नेपाललाई जित दिलाउने क्रममा ओपनर रित गौतमले सर्वाधिक ६२ रनको पारी खेले भने पवन सर्राफले ५३ रन बनाए । आशिफ शेख ३३ रन र सन्दिप जोरा ५ रनमा अविजित रहे । युएइका हामौद अमनुल्लाह र अब्दुल सदिकले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कुवेतले नोमन बुद्रोको ७० रनको मद्धतमा ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५७ रन जोडेको थियो । कुवेतका लागि गोकुल कुमारको ३६ रन पनि महत्वपूर्ण रहयो । नेपालका कप्तान रोहित पौडेलले ३ तथा रसिद खान, सुर्य तामाङ र कुशल मल्लले २–२ विकेट लिए ।

नेपालले यसअघि सिंगापुर, ओमान र मलेसीयालाई हराएको थियो । तर युएइसँग पानी परेपछि अवरुद्ध भएको खेलमा डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित हुँदै अंक गुमाएको थियो । आफ्नो पाँचै खेलमा १० अंक बटुल्न सफल युएई सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यु–१९ विश्वकपमा छनोट भएको छ ।