नेपाल क्रिकेट संघको निर्वाचन असोज दोस्रो साता हुने

400

भदौ ३०,
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल आएका थिए ।यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो । तर राखेपले आफूसँग अनुमति नलिएको भन्दै रोक्न निर्देशन दिएको थियो ।