चलचित्र विद्यालयको टे«लर सार्वजनिक ( भिडियो सहित)

221

बैशाख ५,
काठमाडौं । नयाँ वर्ष २०७६ को पावन अवसर पारी विश्व नेपाल सञ्चार प्रा।लि।को प्रस्तुति रहेको चेतना मूलक चलचित्र ‘विद्यालय’को टे«लर सार्वजनिक गरिएको छ । विश्व नेपाल सञ्चार प्रा।लि।को आधिकारिक युट्युब च्यानल मार्फत सो ट्रेलर सार्वजनिक गरिएको हो । अन्तरिक्ष अधिकारीको निर्देशन रहेको उक्त चलचित्र आनन्द गर्तौला, दिनेश घोरासैनी र सरीता भट्टराईको सयुक्त निर्माणमा तयार गरिएको हो । त्यसैगरी कुमार खरेल, अरुणकुमार क्षेत्री र सुवित ढुङ्गाना सह–निर्माताका रुपमा रहेका छन् । देशव्यापी शैक्षिक विकासको अभियानका रुपमा अघि बढ्दै आर्थिक रुपमा पिछडिएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत उपलब्ध गराउने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ ।