मेरो जन्म गाउँ पहिले र अहिले

299

चैत ३०,
-मेरो जन्म गाउँ पहिले र अहिले सोलुखुम्बु जिल्लाको माप्या दुधकोशी गाउँ पालिका–१ बुम्बुरी (साविक जुभिङ–३ बुम्बुरी) भनेर चिनिने एक मात्र शेर्पा बस्ती हो । सदरमुकाम देखि लगभग २० किलोमीटर टाढा रहेको यो बस्तीमा कुनै जाती मिश्रीत छैन । एकल शेर्पा जाती रशेको बस्ती छ । यस गााँउलाई शेर्पा भाषामा जुवे भनेर चिनिन्छ ।

यस गाउँ करिव ७५ घर दुरि रहेको र शेर्पा भाषा मातृभाषाको रुपमा बोल्दछन् । सात थरका शेर्पाहरुको बसोबास रहेको यस गाँउमा सलाका , लामा , पिनासा , टाक्तोक , डोक्पा , च्यावा , नावा गरि ७ थरको बसोबास रहेको छ। यहाका बासिन्दाहरु कृषि व्यावसायमा निर्भर रहेका छन् । यहाँको मुख्य बालिहरुमा आलु , मकै, जौ, गहुँ ,उवा, कोदो , फापर , भटमास , तोरि, सिमि आदि पर्दछन् । यहाका मानिसले कम्पोस्ट मलको लागि पशुपालनमा गाई, भैंसी , बाख्रा , कुखुरा पालन गर्दछ ।

बिकासको हिसाबले राज्यको लगानी अत्यन्तै कम छ । नीजि क्षेत्र र बिदेशी सहयोग मार्फत बिकास निर्माणका कार्यहरु भएका छन् । मुभिङ माउन्टेन नेपालका अध्यक्ष आङ छोङबा शेर्पाको अगुवाइमा २०६२÷६३ सालको जनाअन्दोलनको तरङ्गमा पनि ९ किलो वाट लघु जलविद्युत निर्माण कार्य सम्पन्न भयो । विद्युत साथै हस्पिटल, खानेपानी, धारा , ८ फुटे बाटो, प्रत्येक घरमा आधुनिक सुधारिएको चुलो , चिया पिस्ने मेसिन आदि जस्ता सेवा सुविधा उपलब्ध भैकाले एक नमुना बस्तीको रुपमा रहेको छ । साथै प्रत्येक बर्ष निशुल्क मेडिकल क्याम्प समेत संचालन गर्दै सर्बसधारण जनताहरुलाई सेवा लिदैं आउका छन् ।

धार्मिक हिसाबले पनि यो बस्ती निकै नै परिचित छ । यहाँ लगभग १०० वर्ष पुराना दुई गुम्बा समेत रहेका छन् भने हलेसी महादेवको भाकल समेत यो गुम्बाले मेटाउने जनविश्वास रहेको छ । एकल शेर्पा बस्ती भएता पनि जनसंख्या हिसाबले ५ सय भन्दा बढी सङ्ख्यामा रहेकोले सामुदायमा ब्यक्ति विशेष बिबाह , मृत्यु, भोज भत्तेर जस्ता कार्यक्रम गर्दा ब्यबस्थापन गर्न गाह्रो हुने भएकाले जुवे शेर्पा किदुक गठन गरिएको छ । संस्था आङ पेम्बा शेर्पाको अध्यक्षतामा २०५४ सालमा स्थापन गरिएको हो । जुवे शेर्पा किदुकले एकै बस्तिमा कुनै बिबाह पार्टी भोज भत्तेर जस्ता कार्य गर्दा एकै सामुदयमा दुई भागमा रहेर गर्नुपर्ने अवस्था थियो । लोसार, भेज भत्तेर जस्ता कार्यक्रम जहाँ एकै घरमा नअट्ने र घरमा समस्या हुने भएकाले सस्थाले समाधानको लागी करिब डेढ करोडको लगानीमा आफ्नै भवन निर्माण गरि सामुदयमा जिम्मा लगायो । अहिले जुनसुकै कार्यक्रम गर्न समेत सहज भएको, छ । साथै सस्थाले गरिबी रेखामुनि रहेका १८ जना बालबालिकाहरुलाई छात्रवृत्ति समेत वितरण गरि उनिहरुको गुणस्तरीय हिक्षा दिनुको साथै लत्ताकपडा समेत प्रधान गरि उनिहरुको पठनपाठन सहज ब्यबस्थापन गर्न सफलता भएको छ ।

यो सामुदयमा बालबालिका अध्यन गर्ने सरकारी स्कुल जहाँ प्रा.बि स्तर सम्म मात्र थियो भने अहिले प्रा बि देखि निमाबी स्तर सम्म पुराउन सफल भएको छ । गुणस्तरीय शिक्षा पठनपाठन हुने भएकाले पछिलो समयामा आएर अन्य ठाउँका विद्यार्थी समेत अध्यनका लागि यहाँ आउने गर्दछन् । भने ९÷१० कक्षा अध्यनका लागि करिब ३ कि.मी लामो बाटो पार गरि खरिखोला उच्च माबी मा जानू पर्ने बाध्यता छ ।

जुवे गाउँ अहिले सडक संजालले समेत जोडिएको छ । यात्रा गर्न र माल सामान ढुवानी गर्न सहज भएको छ । बुम्बुरि देखि काठमाडौँे जान २ दिनको लामो यात्रा गर्नु पर्ने समस्याको समेत अन्त्य भएको छ । बुम्बुरी गाउँ देखि पर्यटकीय दृस्ठिकोणले महत्वपुर्ण रहेका नुम्बुर हिमाल लगाएत ६ हजार मिटर अग्ला हिमालहरु देखिन्छ । बुम्बुरी गाउँ एक पर्यटकीय गन्तव्य समेत रहेको छ । मेरा पिक जानलाई टाक्सिन्दु बाट बुम्बुरी देखि गेकु हुन्दै पाङगोम पोखरी हुन्दै मेरा पिक जान सकिने एक पर्यटकीय रुट समेत रहेको छ । ट्रेकिङका लागि सोताङ वाकु हुन्दै बुम्बुरी हुन्दै लुक्ला नाम्चे बजारीकरणको लागि जानेहरुको लागि पैदलमार्ग बहुपहिचान बहु धार्मिक अस्तित्वले भरिपुर्ण सोलुखुम्बुको एक मात्र शेर्पा बस्ती नामै काफी छ ।