‘नो नट अगेन’ बेकार होः थापा

133

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘नो नट अगेन’ अभियान बेकारको भएको आरोप लगाएका छ्न्। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन्।

नेपालमा राजनीतिक परम्परा बस्न नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘नो नट अगेन बेकार हो। संसद र व्यवस्था स्थापित हुन पाएन। राजनीतिवाद बोकेर कोही जन्मिन्छ तर नो नट अगेनमा त्यो छैन।’

उनले इतिहास, आन्दोलन र संघर्ष बुझेका उमेदवारलाई जिताउन नागरिकलाई आग्रह गरेका छ्न्।