‘सरकारले संघीयता विरोधी कार्य गरिरहेको छ’

124

चैत २३,
भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री डा. कोइरालाले सरकारको गतिविधि संघियता विरोधी भएको बताउनु भयो । मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबी गर्दै उहाँले सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दाबी गर्नुभयो ।महामन्त्री डा.कोइरालाले सरकारको गतिविधि संघियता विरोधी भएको र प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघीयताविरोधी कार्य गरेको आरोप लगाउँदै मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबी गर्नुभयो। नगरसभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले ‘जन जनमा कांग्रेस मन मनमा कांग्रेस’ भन्ने मुल नाराका साथ शुरु भएको पुनर्जागरण अभियानले कांग्रेसलाई एकतावद्ध हुन अभिप्रेरित गरेको बताउनुभयो ।