सर्लाहीमा महिलाको शव भेटियोः परिवारका सदस्य फरार

66
सांकेतिक तस्विर

चैत २३,
सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । मृतक महिलाको घाँटीमा निलडाम देखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सागरदेवीको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवा ल्याइएको र घरका सदस्यको खोजी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।