काभ्रेबाट बागमती प्रदेशको समानुपातिक सूचिकालागि ढकाल सिफारिश

440

काभ्रेपलाञ्चोक । मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचिकालागि नेपाली कांग्रेसका तर्फबाट युवा नेता रामेश्वर ढकालको नाम सिफारिस भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं १, रानिबन स्थायी बासिन्दा ढकाल कांग्रेसको बौद्धिक नेताको सूचिमा पर्दछन् । उनी पत्रकारीतामा अनुभवी र कानुनका विद्यार्थी समेत हुन् । कांग्रेसको निर्वाचन क्षेत्र न २ (ख) प्रदेश सभा समितिले बुधबार समानुपातिकको सूचिमा आकाक्षिहरुको नाम पठाएको हो ।