चैत २२ ,
काठमाडौँ सन २००७ देखि नेपालमा उडान भर्दै आइरहेको सिल्क एयरले नेपालबाट सिंगापुर सातै दिन उडान भर्ने भएको छ । सिल्क एयरले भोलिदेखि दैनिक उडान सुरु गर्न लागेको हो। बोइङ ७३७ र ८०० विमानबाट नेपालबाट दैनिक उडान भर्ने सो कम्पनीले जनाएको छ।
बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ यात्रुहरुले मज्जा लिन सक्ने कम्पनीले जनाएको छ। सिंगापुरबाट विहान ९ बजे जहाज काठमाडौंका लागि उड्ने छ भने काठमाडौंमा सो विमान १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ भने काठमाडौंबाट १ बजेर ५ मिनेट सिंगापुरका लागि उडान भर्ने छ ।