संसारकै धनि व्यक्तिको सबैभन्दा महँगो सम्बन्धविच्छेद

144

चैत २२, एजेन्सी,
एमेजन कम्पनीका मालिक अर्थात संसारका सर्वाधिक धनाढ्य व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्धविच्छेदका लागि गरेको सम्झौताले रेकर्ड ब्रेक गरेको छ । सम्बन्धविच्छेदका लागि बेजोसले श्रीमतीलाई ३५ बिलियन डलर (३५ खर्ब रुपैयाँ) को सम्पत्ति दिनेछन् ।

२५ वर्षअघि विवाह गरेको यो जोडीले एमेजनको १ खर्ब ४३ अर्ब डलरको सेयर बाँडफाँड गरेका छन् । उक्त सम्झौता अनुसार जेफ बेजोसले सन् १९९४ मा स्थापना गरेको कम्पनी एमेजनमा १२ प्रतिशत सेयर हुनेछ भने म्याककेन्जीको चार प्रतिशत सेयर हुनेछ । म्याककेन्जीले वासिङ्टन पोस्ट पत्रिका र बेजोसको पर्यटनसम्बन्धि कम्पनी ब्लू ओरिजिनको सबै ब्याज बेजोसलाई दिनेछिन् । यी दुईको सम्बन्धविच्छेदले यसअघि ३.८ बिलियन डलर (४ खर्ब १९ अर्ब रुपैयाँ) को ‘डिभोर्स सेटलमेन्ट’ गरेका कला व्यापारी एलेक वाइल्डेन्सटिन र उनकी श्रीमती जोसेलिनको रेकर्ड तोडेको छ । म्याककेन्जीले यसबारे ट्वीटरमा घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘सम्बन्धविच्छेदको प्रक्रिया समाप्त गर्न प्रत्येकले गरेको सहयोगका लागि आभारी छु ।’

 

सम्झौता अघि बेजोसको एमेजनमा १६.३ प्रतिशत सेयर थियो । बेजोसको अमेजनमा ७५ प्रतिशत स्वामित्व रहनेछ । तर म्याककेन्जीले आफ्नो सबै अधिकार पूर्व श्रीमानलाई हस्तान्तरण गरेकी छिन् । चार सन्तान भएका यो जोडी सन् १९९४ देखि सँगै थिए । म्याककेन्जी एमेजनकी पहिलो कर्मचारी थिइन् । सम्बन्धविच्छेदको सम्झौतापछि म्याककेन्जी संसारको तेस्री धनी महिला हुनेछिन् भने फर्ब्स अनुसार जेफ बेजोस संसारकै धनाढ्यको शीर्ष स्थानमा रहिरहनेछन् ।