हुरी प्रभावित क्षेत्रका सुत्केरी र बालबालिका जोखिममा

105

नेपाल समाचारपत्र
चैत २२, बारा । फेटा गाउँपालिका वडा नम्बर ६, पुरैनियाकी ३० बर्षिय रेक्मा खातुन मनभरी पिडा र संत्राससहित १७ दिनको शिशु काखमा च्यापेर ५ दिनदेखि त्रिपालमुनि बस्दै आएकी छिन । हुरिबतासले उनको एउटा छोराको ज्यान लियो । बास बस्ने घर भत्केको छ । पति फिरोज र ससुरा दुबै घाइते अवस्थामा छन । कलिलो सुत्केरी रेक्मालाई आइतबारको हुरीबतासले खपिनसक्नुको पिडा दिएर गएको छ । ‘तै पनि बाच्नै पर्यो, उनले भनिन, असहय पिडा र व्यथा खपेर दिनरात कटाउदै छु ।’ रेक्माको ६ बर्षिय छोरा फैयाज आलमको मंगलबार उपचारको क्र्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । पति र ससुराको विरगंजमा उपचारत छन ।

पुरैनियाकी रेक्मा जस्तै हुरी प्रभावित क्षेत्रका सुत्केरी महिला, शिशु, बालबालिका र वृद्धको दैनिकी बढी कष्टप्रद बनेको छ । हुरीबतासले घरसंग्रै परिवार पनि उजाडिएपछि उनीहरु पिडित बनेका हुन । ‘घरमुलि गुमेका वा घाइते रहेका सुत्केरी महिलाहरुको पिडा त झन दर्दनाक छ, फेटा गाउपालिका १ का अध्यक्ष जयप्रकास दासले भने, हुरीबतासले गाउँमा धेरैको बासस्रंगै भरोसा पनि उडाएको छ । प्रभावित क्षेत्रमा ४ दिनदेखि ७ महिनासम्मका डेढ दर्जन भन्दा बढी सुत्केरी महिला छन ।