प्रदेश २ मा रद्द र स्थगन गरिएको एसईईको परीक्षा आजदेखि

104

चैत २२,
काठमाडौं । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा रद्द र स्थगन भएका विषयको परीक्षा आजदेखि शुरु हुँदैछन् । चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत चौथो दिन बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको थियो भने पाचौं दिन सामाजिक विषयको पनि प्रशनपत्र बाहिरिएपछि स्थगन गरिएको थियो । चौथो दिन रद्द भएको विज्ञान विषयको परीक्षा चैत्र २२ गतेका लागि तोकिएको थियो भने बाँकी विषयको परीक्षा भने २३ गतेबाट गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो । आज बिहान ८ बजेदेखि विज्ञान विषयको परीक्षा हुँदैछ । भोली शनिबार सामाजिक, पर्सी आइतबारदेखि ऐच्छिक विषयका परीक्षा हुनेछन् । चैत्र २९ गते परीक्षा सम्पन हुनेछ । यस्तै परीक्षा अवधिभर केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मोबाइल प्रयोग गर्न गर्न नदिने निर्णय भएको प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले बताउनुभयो । रेडियो कान्तिपुर