चैत १९
काठमाडौँ न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद्को बैठकले पाच जना न्यायाधिश सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश ढुङ्गाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो । उच्च अदालतबाट दुई न्यायाधीश र बाँकी तीन जना कानुन व्यवसायीहरु रहेका छन् । उच्च अदालतका मुख्य न्यायाधीशहरू ढुंगाना र न्यायाधीश माथेमा सिफारिस हुनु भएको छ । यसअघि उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा दाबेदार माथेमालाई तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘अन्यायपूर्वक’ रोक्नु भएको थियो ।